हिन्दु परिषद नेपालको केन्द्रिय अध्यक्षमा पर्साका संतोष पटेल संर्वसम्मत रुपले पुनः चयन भएका छन् ।
शनिवारदेखी दुईदिनसम्म बाराको अमलेखगञ्जमा चलेको परिषदको केन्द्रिय समितिको विस्तारित बैठकले पटेललाई अध्यक्षमा चयन गरेको हो ।
जम्मा १ सय १ सदसिय केन्द्रिय समितिमा हालका लागि अध्यक्ष सहित ५८ जना सदस्यहरु चयन भएका छन ।
आगामि बैठकले बाँकी रहेका सदस्यको चयन गर्ने तथा २० सदसिय पदाधिकारीहरुको समेत टुंगो लगाउने अध्यक्ष पटेलले जनाएका छन् ।
हिंदु धर्मको रक्षा तथा प्रचार–प्रसारका लागि स्थापित परिषदले हिन्दुहरुमाथी हुने अत्याचार तथा हिंसाको विरोधमा कार्य गर्दै आएको छ ।