सड्क विस्तारको विषयमा झड्प हुँदा बारामा एक महिला सहित ४ जना सिकिस्त घाईते भएका छन ।
आईतवार बिहान ९ बजेतिर बाराको सिम्रौनगढ नगरपालिका–३ नैकाटोलामा सड्कको बारेमा दुई छिमेकी परिवारबिच विवाद हुँदा झड्प भएको हो ।
दुबै पक्षबिच वादविवाद चलिरहँदा स्थानिय मनोज सिंह, सरोज सिंह र राजा सिंहले अचानक बन्चरो प्रहार गरेपछी अर्का समुहका ४ जना सिकिस्त घाईते भएका हुन् ।
घाइते हुनेहरुमा नैकाटोला कै जयराम यादव, धर्मेन्द्र यादव, दिलवा देवी र मेराज यादव रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक दिपक शुवेदीले जनाएका छन् ।
घाईते भएका चारै जनाको टाउकोमा गम्भिर चोट लागेको छ । उनिहरुको उपचार सिम्रौनगढ नगर अस्पतालमा सम्भव नभएपछी थप उपचारका लागि विरगञ्ज पठाईएको प्रहरी निरिक्षक शुबेदिले जनाए ।
बन्चरो प्रहार गर्ने समुहका २ जना समेत सामान्य घाईते भएको र उनिहरुको उपचार गराएर घट्नाबारे थप अनुसंधानका लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढको नियन्त्रणमा राखिएको शुवेदीले जनाएका छन् ।