आन्तरिक कलह र पार्टी अध्यक्षको एकालशाही प्रवृतिबाट विक्षिप्त भएको जसपा समाजवादी पार्टी नेपाल (जसपा) लाई फेरी एक पटक ठुलो धक्का लाग्ने भएको छ ।
जसपाबाट निर्वाचित बाराको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष सहित हजारौं कार्यकर्ता एकै पटक नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेपछी मधेश प्रदेशमा उपेन्द्र यादवको पकड झन कम हुने लगभग पक्का भएको छ ।
तत्कालिन संघीय समाजवादी फोरम तथा हाल जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारी आफ्नो दलबलका साँथ एमालेमा प्रवेश गर्ने भएपछी जसपालाई धक्का लाग्ने भएको हो ।
एमाले बाराले फागुन २८ गते आयोजना गर्ने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपि ओलिको उपस्थितिमा पालिका अध्यक्ष अंसारी सहित जिल्लाका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्नलागेको एमाले बाराका अध्यक्ष विनोद प्रसाद साहले जनाएका छन् ।
एमालेमा प्रवेश गर्नेबारे अंसारी र ओलिको विभिन्न चरणमा कुराकानी भईसकेको र फागुन २८ औपचारिक रुपमै उनले पार्टी प्रवेश गर्ने साहले बताएका छन् ।
नेपालिपब्लिकसंग कुरा गर्दै पालिका अध्यक्ष अंसारीले एमाले प्रवेश गर्ने कुराकानी भएको स्विकार गरेका छन् । उनले परिवर्तित राजनिातिक अवस्थाको आधारमा आफु भएमालेमा प्रवेश गर्नलागेको स्किार गरेका छन् ।
रोचक कुरा के छ भने जसपा अध्यक्ष उपेन्द्र यादव समेत फागुन २५ गते बारा आउने कार्यक्रम बनाएका छन् । बाराकै पचरौता नगरपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गर्न आउनलागेका यादव त्यहाँबाट गएको ३ दिनपछी नै जिल्लामा जसपाभित्र ठुलो पहिरो जाने भएको हो ।
एमाले जिल्ला अध्यक्ष साहका अनुसार आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष अंसारी सहित अन्य निर्वाचित जनप्रतिनिधि, सिम्रौनगढ, पचरौता, कलैया लगायतका पालिकाहरुबाट करिब १५ सय जना एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।
यता लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) बाट कलैया उपमहानगरपालिकामा निर्वाचित एकमात्र वडाध्यक्ष समेत एमालेमा प्रवेश गर्न लागेका छन् ।
वडा नम्बर ९ का अध्यक्ष डा.अख्तर मंसुर एमालेमा प्रवेश गर्नलागेको ‘कन्फर्म’ भएको एमाले बारा अध्यक्ष साहले बताए । अध्यक्ष केपि ओलिबाट टिका लगाई वडाध्यक्ष अंसारी एमालेमा प्रवेश गर्ने साहले बताएका छन् ।
वडाध्यक्ष अंसारीले भने एमाले प्रवेश गर्नेबारे कुराकानि भएको तर २८ गते नै प्रवेश गर्ने नगर्नेबारे निर्णय नगरिसकेको बताएका छन् । उनले आफ्ना कार्यकर्ता तथा सहयोगिहरुको राय बुझेर निर्णय गर्ने बताएका छन् ।