युक्रेनका विभिन्न सहरबाट मानिसहरूलाई बाहिर जान सजिलो बनाइदिन सोमवार रुसले बाटो खोलिदिन लागेको विवरण रुसी सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।
उक्त युद्धविराम स्थानीय समयानुसार बिहान १० बजे सुरु भएकाे रुसको रक्षा मन्त्रालयले जनाएको छ।
रुसले ठूलो आक्रमण गरिरहेका किएभ, खार्किभ, मारिऊपोल र सुमी सहरबाट मानिसहरूलाई बाहिर जान दिइने बताइएको छ।
सप्ताहान्तमा देशको दक्षिणपूर्वी सहर मारिऊपोलबाट मानिसहरूलाई बाहिर जान दिन बाटो खोल्ने दुईवटा प्रयास असफल भएका थिए।
युक्रेनी अधिकारीहरूका अनुसार रुसले युद्धविराम गर्ने सहमति गरेको समयमा पनि उक्त सहरमा गोलाबारी कायम राखेको थियो।