तराई–मधेशका पुर्वी जिल्लाहरुमा जनता समाजवादी पार्टी (जसपा) त्याग्नेहरुको क्रम बढेसंगै पश्चिमी मधेशमा समेत त्यसको प्रभाव परेको छ ।
स्थानिय निकायको निर्वाचन नजिकिदैं जाँदा पश्चििम मधेशका नेता कार्यकर्तारु जसपा छोड्दै विभिन्न पार्टीहरुमा प्रवेश गरिरहेका छन् ।
आजमात्रै जसपाको कपिलवस्तु जिल्ला महाराजगंज नगरपालिका अध्यक्ष समेत रहेका समाजवादी युवा संघका जिल्ला अध्यक्षले जसपा परित्याग गरी हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी (जेपिपि) मा प्रवेश गरेका छन् ।
महाराजगंज नगरपालिका वडा नं ९ तेनुवा निवासी मुसलमानलाई जेपिपि महासचिव इश्वर दयाल मिश्रले पार्टी प्रवेश गराएका हुन् । मुसलमानले जसपाको सबै पद परित्याग गरी जेपिपिमा प्रवेश गरेका हुन् ।
किसान तथा मजदुरको हकहितका लागि काम गर्ने उद्देश्यले स्थापित जेपिपिमा प्रवेश गर्नेहरुको संख्यामा समेत वृद्धि भएको छ ।
यसअघी जसपाका प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । एमाले अध्यक्ष केपि शर्मा ओलिले २०७४ सालको आम निर्वाचनमा जसपाबाट प्रतिनिधिसभा चुनाव लडेर न्युन मतले पराजित मंगल प्रसाद गुप्ता सहित हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए ।