मधेश प्रदेशको ८ जिल्ला मध्ये तिन जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने २ जिल्लाको अधिवेशन बुधवार हुने भएको छ ।
त्यस्तै २ जिल्लको अधिवेशन विवादका कारण स्थगित भएको छ भने एक जिल्लाको मतगणना जारी छ ।
प्राप्त जानकारी अनुसार मधेश प्रदेशको पर्सा, रौटहट तथा महोत्तरीमा नयाँ कार्यसमिती चयन भएको छ । पर्सामा जनार्दन सिंह क्षेत्री, रौटहटमा जितेन्द्र यादव (सुनिल) तथा महोत्तरीमा नागेश्वर यादव सभापतीमा विजयी भएका छन् ।
धनुषा सोमवार भएको मतदानको गणना जारी रहेको भने सिराहा र सर्लाहीमा अनिश्चितकालका लागि मतदान प्रकृया स्थगित भएको छ ।
सर्लाहीमा हिजो हुने भनिएको मतदान विवादका कारण स्थगित भएको निर्वाचन अधिकृत नागेश्व प्रसाद सिंहले जनाएका छन् ।
यता बारा र सप्तरीको निर्वाचन भोली बुधवार हुने भएको छ । यसअघी पनी दुबै जिल्लामा निर्वाचन प्रकृया शुरु गरिएपनी विभिन्न खाले विवादका कारण स्थगित भएको थियो ।
बारामा संस्थापन पक्षका राजेशराय यादव तथा शम्भु बुढाथोकी र संस्थापन ईत्तर पक्षका रामानन्द यादवको प्यानल चुनावी मैदानमा छ ।
सप्तरीमा भने संस्थापन पक्षबाट सत्रुधन यादव तथा संस्थापन ईत्तर समुहका रामदेव साह चुनावी मैदानमा छन् ।
काँग्रेसको सकृय सदस्यता विवादका कारण मधेश प्रदेशका ८ जिल्ला सहित १६ जिल्लाको अधिवेशन हुनसकेको थिएन् ।
पटक–पटक सारिदैं आएको ति जिल्लाका अधिवेशनहरु फागुन १७ देखी २१ गतेसम्ममा सम्पन्न गर्ने काँग्रेस केन्द्रिय कार्यालयले निर्णय गरेको थियो, तर विभिन्न अवरोधका कारण अधिलेसम्म ९ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ ।
हालसम्म मधेश प्रदेशको पर्सा, रौटहट, महोत्तरी का सांथै चितवन, सिन्धुली, बाँके, नवलपरासी, कैलाली र मकवानपुरको अधिवेशन सम्पन्न भएको छ ।
बारा, सर्लाही, धनुषा, सिराहा, सप्तरी, अछाम तथा सिन्धुपाल्चोक जिल्लाको अधिवेशन हुन बाँकी छ ।