सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा लेखेका स्टाटस हटाउन निर्देशन दिएका छन् ।
बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसीका विरुद्धमा आवाज नउठाउन र एमसीसीका विषयमा लेखेका स्टाटस हटाउन निर्देशन दिएका हुन् ।
उनले भने, ‘एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ । एमसीसीविरुद्धमा लेखिएका स्टाटस मेटाउनुहोला ।’
व्याख्यात्वमक घोषणासँगै एमसीसीका विषयमा रहेका अस्पष्टता हटेको दाबी गरेको नेपालले कुनै पनि नेताको नाम नलिइ गल्ती स्वीकार नगरे स्पष्टिकरण सोधिने चेतावनी दिए ।
नेपालले एमाले अध्यक्ष केपी ओली सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताए ।
नेपालले एमाले अध्यक्ष ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको बताए ।
गठबन्धनका दलबीच चुनावमा पनि मिलेर जाने सहमति भएको नेपालले जानकारी दिए ।
पार्टीको जारी बैठक चुनावी तयारीका लागि महत्त्वपूर्ण रहेको भन्दै उनले यसैमा पार्टीको सिंगो शक्ति परिचालन गरिने बताए ।