बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी नेपाली काँग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
फागुन २९ गतेबाट सुरु हुने एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाईएको छ ।
काँग्रेसको केन्द्रीय कार्यालयले केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको हो ।
फागुन २९ देखि चैत २९ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा खटाईएका प्रतिनिधिहरुलाई फागुन २७ गतेभित्र जिल्लाहरुमा पुगिसक्न केन्द्रिय कार्यालयले निर्देश दिएको छ ।
एक महिने अभियान पश्चात वडा र पालिकाका उम्मेदवारहरु छनौट गर्ने तथा दोस्रो चरणमा घरदैलो अभियान सञ्चालन गर्ने निर्णय पार्टीले गरेको छ ।
घरदैलो अभियान अन्तर्गत आफ्ना कुरा राख्नेभन्दा जनताका कुरा सुन्न प्रतिनिधिहरूलाई निर्देशन दिईएको छ । यसपालीको निर्वाचनमा काँग्रेस फरक ढंगको प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ ।
नेपाली काँग्रेसले खटाएका प्रतिनिधीहरुको नामावली