नेपाली काँग्रेस बाराको १४ औ जिल्ला अधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन सदरमुकाम कलैयामा अहिले जारी छ ।
बिहान ९ बजे शुरु भएको मतदान शान्तीपुर्ण रुपमा भईरहेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जनाएका छन् ।
त्रिपक्षीय प्यानलहरुको भिडन्त रहेको बारा काँग्रेसको निर्वाचन गत फागुन २३ गते भएतापनी अनियमितता देखिएपछी रद्द भएको थियो ।
निर्वाचनमा संस्थापन पक्षबाट दुई र संस्थापन इत्तर पक्षको एक प्यानल मैदानमा छ । संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय यादव सभापती पदको उम्मेदवार छन भने शेखर कोइराला र कृष्ण सिटौलाको संयुक्त प्यानलबाट रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
तिनै उम्मेदवार आ–आफ्नै प्यानलका सांथ चुनावी मैदानमा छन् ।
बुढाथोकीको पक्षमा काँग्रेस सहमहामन्त्री फरमुलाह मंसुर लगायतका नेता छन भने रामानन्द यादव पक्षबाट काँग्रेसका अर्का सहमहामन्त्री उमाकान्त चौधरी लगायतका नेताले लविईंग गरिरहेका छन् ।
कलैया उपमहानगरपालिकाका मेयर समेत रहेका संस्थापन पक्षका अर्का उम्मेदवार राजेशराय यादवको पक्षमा केन्द्रिय नेता देखिएका छैनन् ।
पदाधिकारी सहित कुन ८० पदका लागि तिन प्यानलबाट २ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन प्रकृयामा र २ हजार ४ सय ८१ प्रतिनिधिहरु सहभागी हुनेछन् ।