युक्रेनको सुमी सहरमा भएको एउटा हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन बालबालिका छन् ।
सुमीका प्रशासक दिमित्रो झिभित्सकीका अनुसार रुसले आवासीय क्षेत्रमा राति बम आक्रमण गरेको थियो । उनले त्यसलाई सामूहिक हत्याको सङ्ज्ञा दिएका छन् । उनले एकै रातमा तीनवटा बम प्रहार गरिएको बताएको बीबीसीले जनाएको छ ।
एउटै घरमा नौ जनाको मृत्यु भयो । छवटा घर ध्वस्त भए भने २० वटामा आंशिक क्षति पुगेको छ ।
रुसले उक्त सहरमा बम आक्रमण गर्न रोक्ने र मानिसहरुलाई अन्यत्र जान बाटो दिने बताएपछि सुमीबाट अहिेलसम्म ५,००० मानिसलाई अन्यत्र पठाइएको छ ।