राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।
सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छिन् ।
साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।ट्वीट गर्दै राष्ट्रपतिले “सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आर्कषण गराउँछु”, भनेकी छिन् ।