नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले रिक्त रहेका विभिन्न पदहरू खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त माग गरेको छ ।
नेप्सेले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत र अधिकृत पदमा दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारहरूले आजको मितिले २१ (एक्काईस) दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ (सात) दिनभित्र आवेदन दिन सक्नेछन् ।
