अमेरिकी सहयोगमा युक्रेनले रासायनिक अथवा जैविकअस्त्र विकास गरिरहेको भन्ने रुसी दाबीप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रोश पोखेका छन् ।
एउटा भिडिओ सम्बोधन गर्दै उनले रुसी दाबीप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रोश पोखेका हुन् ।
उनले भिडिआमा भनेका छन्, ‘हामीले रासायनिक हमला गर्ने तयारी गरिरहेका छौँ रे । यो कुराले मलाई साँच्चिकै चिन्तित बनाएको छ। किनकि हामी यो कुरामा निरन्तर विश्वस्त भएका छौँ कि यदि रुसका योजनाबारे तपाईँले थाहा पाउनु छ भने उसले अरूमाथि लगाउने आरोपलाई हेर्नुपर्छ ।’
उनले अगाडि भनेका छन्, ‘रासायनिक हमला गर्ने तयारी गरिरहेको भन्ने आरोप के हो ?’