मधेश प्रदेशको रौटहट जिल्लाको अधि ग्रामिण क्षेत्रमा कालोपत्रे सडक पुगेपछी त्यहाँका स्थानियबासी खुसि भएका छन् ।
तत्कालीन शहरी विकास मन्त्री प्रभु साहले गत वर्ष चैत १५ गते उक्त सडक खण्डको शिलान्यास गरेका थिए । शिलान्यास भएको एक वर्षभित्रै सडक बनेपछी त्यहाँका नागरिक खुसि भएका हुन् ।
करीब ८ किलोमीटर लम्बाई रहेको उक्त सडकको दुई वटा प्याकेजमा निर्माण भैरहेको छ । सडकमा कालोपत्रे पिच गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
गाउँलाई हाइवेसंग जोड्ने पूर्वमन्त्री साहको लोकप्रिय अभियानको अभियान अन्तर्गत उनी मन्त्री रहेको बेला सो सडक पास भएको थियो ।
देवाहीस्थित लालबकैया पुलदेखी गौर–चपुर हाइवेको खेसरहियासम्म जोडिने उक्त सडक बिना कुनै मुआब्जा स्थानियको सहयोगमा निकालिएको थियो ।
उसअघी उक्त सडकखण्डमा पर्ने लकदेई नदीमा पूर्वमन्त्री साहकै पहलमा पुल समेत निर्माण भईसकेको छ ।