विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई प्रदेश र स्थानीय सरकारले घोडाघोडी बर्ड सेन्चुरी घोषणा गरेको छ ।
सुदूरपश्चि प्रदेश सरकार र घोडाघोडी नगरपालिकाले आज घोडाघोडी ताल परिसरमा एक कार्यक्रमको आयोजना गरी घोडाघोडी बर्ड सेन्चुरी (पक्षी अभयारण्य क्षेत्र) घोषणा गरेको हो ।
हालसम्म नेपालमा पक्षी अभयारण्य क्षेत्र थिएन । घोडाघोडी नेपालको पहिलो अभयारण्य क्षेत्र बनेको छ ।घोषणा समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संरक्षणको दायित्व सबैको रहेको बताए ।
उनले घोषणा गरेरमात्रै नहुने उल्लेख गर्दै घोडाघोडीको धार्मिक र प्राकृतिक ऐतिहासिकता बचाउने गरी सबैले संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरे ।