नेपाली काँग्रेस बाराको १४ औं जिल्ला अधिवेशन अन्तर्गत सभापती पदको लागी मतदान प्रकृया जारी छ ।
दोश्रो चरणमा पुगेको सभापती पदको मतदानमा अहिले (१२ः३० बजेसम्म) ६९८ मत खसिसकेको निर्वाचन समितिले जनाएको छ ।
दोश्रो चरणमा सभापती पदका लागी संस्थापन समुहकै शम्भु बहादुर बुढाथोकी र राजेश राय यादव प्रतिस्पर्धी छन् ।
पहिलो चरणको फागुन २५ गते सम्पन्न निर्वाचनमा तिनै उम्मेदवारमध्ये कसैलेपनी ५१ प्रतिशत मत कटााउन नसकेपछी दोश्रो चरणमा टुंगो लाग्ने भएको हो ।
यसअघी पहिलो चरणको निर्वाचनमा तेश्रो भएका सभापतिका उम्मेदवार रामानन्द यादवले पहिलो भएका राजेशराय यादवलाई समर्थन गरिरहेका छन् ।
रामानन्द यादवकै प्यानलका उपसभापती पदका उम्मेदवार मनोज भट्ट तथा सचिव पदका उम्मेदवार राजेश रौनियार लगायतका नेताले भने शम्भु बुढाथोकिलाई समर्थन गरेका छन् ।
निर्णायक मानिएको रामानन्द समुह दुई चिरामा बिभाजित हुँदा काँग्रेस बाराको सभापतीको निर्वाचन रोमाञ्चक बनेको छ ।
यता सभापतीका दुबै उम्मेदवार आफु विजयी हुने ठोकुवा गरिरहेका छन् । यादवको पक्षमा काँग्रेस साहमहामन्त्री तथा संघीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीको समर्थन रहेको छ भने बुढाथोकीलाई काँग्रेसका अर्का सहमहामन्त्री फर्मुल्लाह मंसुर लगायतका नेताको समर्थन रहेको छ ।