नेकपा एमालेबाट पार्टी फुटाएर नेकपा एकिकृत समाजवादी गठन गरेका माधव कुमार नेपाल सहित नेकपा (एस) का १४ सांसदको पद धरापमा परेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सवोच्च अदालतमा नेपालसहित १४ जना सांसद विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश जारी गरेको छ ।
सवोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालले आइतबारको ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेका हुन् ।
मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भईसकेको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न दुवै न्यायाधीशको संयुक्त इजलासले आदेश गरेको हो ।
सात महिनापछी सवोच्चले उक्त मुद्दाको अन्तिम सुनुवाई गर्ने निर्णय गरेको हो । अन्तिम सुनुवाईको मिति भने अहिले तोकिएको छैन् ।