जनता समाजवादी पार्टी (जसपा) केन्द्रिय समिति बैठक आजदेखी काठमाडौंको अमृतभोग पार्टी प्यालेसमा शुरु भएको छ ।
दुईदिनसम्म चल्ने बैठकमा पार्टीको आगामी रणनिति, स्थानिय निकाय निर्वाचन लगायत विभिन्न विषयहरुमा छलफल हुने जनाईएको छ ।
बैठकमा मुख्यतया स्थानिय निकाय निर्वाचन, सामूहिक र समानुपातिक नेतृत्व प्रणाली, संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारणी समितिमा पदपूर्ति, कार्यकारणी समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पार्टीको विधान सम्मेलन लगायतका एजेन्डामा छलफल हुने जसपा केन्द्रिय सदस्य प्रमोद प्रसाद गुप्ताले जनाएका छन् ।
बैठकमा पछिल्लो दिनहरुमा जसपा छोडिजाने नेता कार्यकर्ताहरुको संख्या बढ्दै गएकोमा त्यसबारेमा समेत समिक्षा हुने बुझिएको छ ।
यसअघी शनिवारको जसपा संघीय परिषदको बैठक सम्पन्न भएको छ । बैठकमा स्थानिय निकाय निर्वाचनमा पार्टीले बनाउने उम्मेदवारहरुको छनौट स्थानिय पार्टी कमिटिले गर्ने लगायतका बिषयमा छलफल भएको थियो ।
केन्द्रिय समिति बैठकमा पार्टीभित्र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको असहमती लगायत बिभिन्न एजेण्डामा समेत छलफल हुने जनाईएको छ ।
उपेन्द्र यादवको अध्यक्षमा बसेको बैठकमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, बरिष्ठ नेता अशोक राई लगायत सहभागि छन् ।