विभिन्न कार्यक्रमहरुमा सहभागी हुन लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर बाराको देवताल गाउँपालिका पुगेका छन् ।
काँग्रेस, जसपा, एमाले लगायतका पार्टीका नेता कार्यकर्ताहरुलाई लोसपामा प्रवेश गराउन पुगेका ठाकुरलाई हजारौंको संख्यामा कार्यकर्ता तथा सर्वसाधारणहरुले स्वागत गरेका छन् ।
बिहानै पुगेका ठाकुरले देवताल गाउँपालीका वडा नं.१ को बडकि फुलवरियामा निर्माण भएको वडा नं.१ र २ को वडा कार्यालय, स्वास्थ्यचौकी भवन तथा वर्थिंग सेन्टरको उदघाटन गरेका छन् ।
गाउँपालिका अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा भएको कार्यक्रममा लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल, प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, लोसपा बारा जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंह, नेताहरु श्याम गुप्ता, डा.कमरुल्लाह अंसारी, हरिनारायण साह लगायत सहभागी छन् ।
ति योजनाहरुको उदघाटन पश्चात ठाकुर लगायतका नेताले आमसभालाई सम्बोधन गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रम रहेको बाराबाट लोसपाका युवा नेता रमेश सराफैले जनाएका छन् ।