नेपाली कााग्रेस बाराको १४ औ जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा जिल्ला सभापती पदमा राजेशराय यादव विजयी भएका छन् ।
आईतवार सम्पन्न मतगणना अनुसार यादवले शम्भु बहादुर बुढाथोकीलाई ५२ मतले हराएका हुन् ।
निर्वाचन समितिका अनुसार यादवले १ हजार २ सय छौ मत ल्याई विजयी भएका छन भने उनका प्रतिद्वन्दी बुढाथोकीले १ हजार १ सय ५४ मत ल्याएका छन् ।
पहिलो चरणमा सभातिको टुंगो नलागेपछी दोश्रो चरणमा गएको मतदान प्रकृयामा पहिलो चरणमा तेश्रो स्थान हासिल गरेका सभापतिका उम्मेदवार रामानन्द यादवले पहिलो भएका राजेशराय यादवलाई समर्थन गरेका थिए ।
रामानन्द समुहकै उपसभापतिका उम्मेदवार मनोज भट्ट तथा सचिव पदका उम्मेदवार राजेश रौनियार लगायतका नेताहरुले भने दोश्रो भएका शम्भु बुढाथोकीलाई समर्थन जनाएका थिए । यथापी राजेशराय यादव झिनो मतान्तरले विजयी भएका हुन् ।
दुई यादवबिच गोप्य सम्झौता
यसैबिच सभापती पदमा विजयी भएका राजेशराय यादव र उनलाई समर्थन गरेका अर्का उम्मेदवार रामानन्द यादवबिचको दोश्रो चरणमा राजेशरायलाई सघाउन गरिएको गोप्य सम्झौता बाहिरिएको छ ।
सम्झौता अनुसार हाल कलैया उपमहानगरपालिकाका मेयर समेत रहेका राजेशले सभापतिमा विजयी भएपछी आगामी स्थानिय निकाय निर्वाचनमा कलैया उपमहानगरपालिकाको मेयर पदमा रामानन्दको एकल नाम सिफारिश गर्ने, पार्टी सञ्चालनको लागी रामानन्द समुहबाट ४ जना सदस्य रहनेगरी ९ सदसिय कोर कमिटि गठन गर्ने, कोर कमिटिले नै स्थानिय, प्रादेशिक तथा संघिय निर्वाचनमा उम्मेदवार हुनेहरुको निर्णय गर्ने, कोषाध्यक्ष सहित जिल्ला कमिटिमा मनोनित हुने सदस्यहरुमध्ये ५० प्रतिशत रामानन्दले भनेका व्यक्ति हुनु पर्ने, राजनितिक नियुक्ति, सक्रिय सदस्यता प्रदान गर्दा कोर कमिटिकै निर्णय अनुसार हुनुपर्ने र उक्त सम्झौताहरु पार्टीको विधान विपरित भएपनी मान्नुपर्ने लगायतको १० बुंदे सम्झौता उल्लेख छ ।
सम्झौतापत्रमा राजेशराय को पक्षबाट स्वयम राजेश र उनका बुवा तथा नेपाली काँग्रेसका पुर्व सभापती राधेचन्द्र यादवले हस्ताक्षर गरेका छन भने रामानन्दको पक्षबाट पुर्व सभापती लालबाबु सिंह तथा पुर्व जिविस सभापती राजेन्द्र प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।
काँग्रेस बाराको सभापती पदमा लगातार ३ पटक उम्मेदवार भई पराजित भएका रामानन्दले परिवारवाद र जातियताको बिरोध गर्दैआएनी हिजो सम्पन्न निर्वाचनमा ‘नयाँ राजनितिज्ञ’ रहेका राजेशरायलाई समर्थन गरेपछी आलोचित भएका छन् ।
बुवा राधेचन्द्रको बिराशत सम्हाल्न ५ वर्ष पहिला मात्रै पार्टीमा आएका राजेशलाई राधेचन्द्रले एकै पटक कलैया उपमहानगरपालिकाको मेयर पदको टिकट दिएका थिए । जिल्लामा पार्टीको कुनैपनी संगठनमा काम नगरेका राजेशराय एकैपटक सभापती जितेपछी काँग्रेस बारामा पार्टीले नराम्रो क्षती व्यवहोनुपर्ने उनका बिपक्षीहरुको बुझाई छ ।
रामानन्द समुहबाटै सचिव पदमा लडेका राजेश रौनियारले रामानन्दको निर्णय व्यक्तिगत लाभ तथा चरम जातिय सोचमा प्रेरित रहेको बताएका छन् ।
परिवारवादको बिरोध गर्ने रामानन्दले परिवारवादलाई नै बढावा दिएको भन्दै उनको निर्णयसंग आफुहरु सहमत नभएर अलग बाटो रोजेको रौनियारले बताएका छन् ।