जनता समाजवादी पार्टी नेपाल (जसपा) को गत फागुन १३ गतेदेखी बसेको केन्द्रिय कार्यकारिणि समितिको बैठकले पर्साका सांसद प्रदिप यादवमाथी गरिएको कार्यवाही फिर्ता लिईएको छ ।
कारवाही फिर्ताको निर्णय पहिला नै भएपनी आईतवारदेखी जारी केन्द्रिय समितिको बैठकमा त्यसलाई सार्वजनिक गरिएको हो ।
श्रोतका अनुसार केन्द्रिय सदस्य समेत रहेका सांसद यादव आईतवारदेखी जारी केन्द्रिय समिति बैठकमा नगएपछी फागुन १८ गते नै भएको निर्णय आज सार्वजनिक गर्दै उनको कारवाही फिर्ता भएको सार्वजनिक गरेको हो ।
कारवाही फिर्ताको पत्र नै नआएको भन्दै आईतवार आफु केन्द्रिय समितिको बैठकमा सहभागी नभएको सांसद यादवले जनाएका छन् । आजमात्र ईमेलमा पत्र पाएकोले बैठकमा सहभागी हुन जानलागेको यादवले जनाए ।
यसअघी कार्यकारिणि बैठकले सांसद यादवको कार्य कुशलताको प्रशंसा गर्दै उनलाई जसपाको केन्द्रिय समितिको बैठकले केन्द्रिय कार्यकारिणि सदस्यमा मनोनय गर्ने र थप संगठनात्मक जिम्मेवारी दिने तयारी समेत गरेको थियो ।
हिजोदेखी जारी केन्द्रिय समितिको बैठकले सम्भवतः आजै उनलाई केन्द्रिय कार्यकारिणि समितिमा मनोनित गरी थप जिम्मेवारी प्रदान गर्ने जसपाका एक नेताले जनाएका छन् ।
संघीय सरकारमा मन्त्री पठाउने विषयमा अध्यक्ष उपेन्द्र यादवले पार्टीका शिर्ष नेतृत्वको निर्णय बिरुद्ध एकलौटी रुपमा मन्त्रीहरु पठाएपछी सांसद यादव समर्थकहरुले त्यसको बिरोध गरेका थिए ।
पार्टीमा योगदान दिएका व्यक्तिलाई मन्त्री नबनाई आफ्नो पकेटका मान्छेलाई मन्त्री बनाएको भन्दै सांसद यादव समर्थित कार्यकर्ताहरुले विरगञ्जदेखी काठमाडौंसम्म अध्यक्ष उपेन्द्रको पुतला जलाउँदै बिरोध गरेका थिए ।
आफ्नै कार्यकर्ताहरुले पार्टी अध्यक्षको बिरोध गरेपछी अध्यक्ष उपेन्द्र समर्थित नेताहरुले सांसद यादवमाथी कारवाही गर्न दवाव बनाएका थिए । मंसिर ८ गते बसेको कार्यकारिणि समितिको बैठकलाई सांसद यादवलाई कारवाही गरेको थियो ।
पर्सा जिल्लामा जसपालाई जित दिलाउन सांसद यादवको ठुलो भुमिका रहेको तथ्यलाई अंगिकार गर्दै उनलाई थप जिम्मेवारी दिनुपर्ने माग उठेको थियो ।
विरगञ्ज उपमहानगरािलिकामा समेत जसपाका मेयर बनाएका सांसद यादवले पछिल्लो समय त्यहाँका मेयर विजय सरावगीको पार्टी बिरोधी कृयाकलापका कारण असंतुष्ट हुँदैआएका थिए ।
मेयर सरावगीले नै गत पागुन २८ गते पार्टी परित्याग गरेर एमाले प्रवेश गरेपछी पार्टीलाई सांसद यादवको गहन आवश्यक्ता महसुस भएको बुझिएको छ ।