प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता डा.भीम रावलको कडा आलोचना गरेका छन् ।
सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले रावल रक्षा मन्त्री हुँदा एमसीसी संसदबाट पारित गनुपर्ने निर्णय मन्त्रीपरिषदबाट भएको दाबी गरे । त्यतिबेला रावल एमसीसीको विपक्षमा नबोलेको र एमसीसी संसदबाट पारित गनुपर्ने मन्त्रीपरिषदको निर्णयमा असन्तुष्टि जनाउँदै राजनीमा नदिएको देउवाले बताए । तर, अहिले सबैभन्दा एमसीसीको विरोध गरिरहेको भन्दै देउवा रावलप्रति आक्रोशित हुँदै कडा आलोचना गरे ।
उनले त्यतिबाला रावलको ‘दिमाग खुस्क्याथ्यो’ भन्दै लाज छैन भनेर प्रश्न गरे ।
देउवाले भने, ‘पास गर्नुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले निर्णय गर्यो । भीम रावल त्यतिबेला रक्षा मन्त्री हुनुहुन्थो । किन राजीनामा गरेनन् ? किन विरोध गरेनन् ? त्यतिबेला विपक्षमा आउनुभएन । दुई जिब्रे बन्ने । त्यतिबेला दिमाग खुस्क्याथ्यो । लाज छैन ।’