बैङ्किङ सेवा दिने देशकै पहिलो सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेड धनगढीको अध्यक्षमा देव बहादुर बम विजयी भएका छन् ।
सहकारीको २८ औँ चुनावी साधारण सभाबाट बमले अध्यक्षका प्रत्याशी रतन बहादुर कठायतलाई एकहजार ३ सय मत बढीले पराजित गरेका हुन । विजयी बमले ८ हजार ३९१ मत प्राप्त गरेका छन् भने कठायतले ७ हजार ८३ मत प्राप्त गरेका थिए । त्यस्तै सहकारीको उपाध्यक्षमा ७ हजार ३२९ मतका साथ चेतराज ओझा विजयी भएका छन् ।
उपाध्यक्षका प्रत्याशी भरतराज जोशीले ६ हजार ८२७ मत प्राप्त गरेका थिए । यसै गरी सदस्यहरूमा इन्दिरा जैशी (८३११), उत्तम जोशी (६९२४), गोपालराज पाठक (६८५७), केशवराज मिश्र (६७८०), डा. महेशराज विष्ट (६६३०), घन बहादुर शाह (६६११), उपेन्द्र विष्ट (६४७७), शिवकुमार जोशी फुलारा (६३६४), गणेश बम (६१७२), जयराज जोशी (६१०२) र विश्वनाथ ओझा(६०१५) मतका साथ विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा. लोक बहादुर विष्टले बताए ।
त्यसै गरी सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी (७१६५) निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण सदस्यद्वयमा गणेश प्रसाद उपाध्याय (७१४१) र लक्ष्मीराज पन्त (७०१५) विजयी भएका छन् । निर्वाचन समितिका अनुसार सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो।
सहकारीको नेतृत्वको लागि फागुन २८ गते सम्पन्न निर्वाचनमा बम र कठायतको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए।