नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले वर्तमान पाँच दलीय गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् ।
रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीती नै गन्हाएको भन्दै त्यसबाट मधेशका जनताले मुक्ति चाहेको बताए ।
पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिती, महङगी, भ्रष्टाचार र अपराध बढेको जीकिर गर्दै गठबन्धनलाई बिदाई गर्नुपर्ने बताए ।
सत्ता गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म एमाले सरकारले अगाडि बढाएका जनमैत्री योजनाहरु रोक्ने काम मात्र गरिरहेको उनले आरोप समेत लगाएका छन् ।
अदालतको परमादेशबाट जन्मिएको गठबन्धन सरकारले लोकतान्त्रिक मुल्य र मान्यताको खुलेआम हत्या गरिरहेको उनको आरोप छ ।
रिक्त रहेको स्थानमा आवधिक चुनाव नगरी, न्यायाधीशका जेठानलाई सत्ताको सेटिङ गरेवापत मन्त्री पद दिने, भ्रस्टाचार गर्नेलाई जोगाउन आन्दोलन गर्ने जस्तो अराजक रसरकार र गठबन्धनलाई अविलम्ब बिदाई गर्नुपर्ने उनको भनाई छ ।
विश्वभरीका लोकतन्त्रिक देशहरुमा जनताले प्रतिनिधि मार्फत सरकार बनाउछ । तर नेपालमा जनविरोधी तत्वहरु सम्मीलित गठबन्धनलाई अदालतको सेटिङमा सरकार बनाइएको उनले आरोप लगाए ।
गठबन्धनकै एक घटक, जसपाका मेयरले अुलेआम घुस लिइरहेको अवस्थामा रंगेहात समातिएको घटना सम्झाउँदै साहले गठबन्धनले भ्रस्टाचारीलाई नछोडे आन्दोलन गर्ने धम्की दिरहेको कुराले नै उनिहरुको चरित्र प्रष्ट पारेको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रौतहट ईन्चार्ज उपेन्द्र साह, सह–ईन्चार्ज उद्धव रेग्मी, केन्द्रीय लेखा आयोग सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका नेताहरुको सहभागिता रहेको थियो ।