नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर आर्थिकलगायतका विभिन्न व्यवसायीक डिल गरेको पाइएको छ ।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव मल्लले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर आर्थिक लगायतका विभिन्न व्यवसायीक डिल गरेको पाइएको जानकारी दिएका छन् ।
उनले सामाजिक संजालमा आफ्नो नाम र फोटोको दुरुपयोग गरि नक्कली एकाउन्ट बनाएर आर्थिकलगायतका विभिन्न व्यवसायीक डिल गरेको पाइएकोले त्यस प्रकारको संकास्पद च्याट र म्यासेजहरु प्राप्त भएमा जानकारी गराउन अनुरोध गरेका छन् ।
उनले आफु, आफ्नो पार्टी र नेतृत्वको बदनाम गर्ने उद्देश्यले केही अपराधी गिरोह सक्रिय रहेको स्पष्ट भएको उल्लेख गरेका छन् । यो दर्जाको अपराध अक्षम्य रहेको उनले चेतावनी दिएका छन् ।
टेलिग्राम नामकोे नक्कली एकाउन्टबारे प्रहरीमा खबर गरि कार्बाहीको माग गरिसकेको मल्लले जानकारी दिएका छन् ।