लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मधेशको विकाश र रक्षा गर्ने एकमात्र पार्टी लोसपा भएको बताएका छन् ।
मधेशको हक अधिकार स्थापित गराउन लोसपा सदैव अडिग रहेको र अहिलेपनी सबै मुद्दाको नेतृत्व लोसपाले नै गरिरहेको सोनलले बताएका हुन् ।
पुर्वमन्त्री समेत रहेका नेता सोनलले आगामी स्थानिय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा लोसपा मधेशको सबैभन्दा ठुलो पार्टी हुने ठोकुवा समेत गरेका छन् ।
बाराको फेटा गाउँपालिकामा आज आयोजित होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको प्रमुख अतिथ्यताबाट बोल्दै नेता सोनलले होली पर्व भाईचारा र सदभावको प्रतिकको रुपमा रहेको भन्दै सबै मिलेर पर्व मनाउन आग्रह समेत गरेका छन् ।
‘सत्यमाथी असत्यको जित भएको अवसरमा मनाईने होली पर्व देशको राजनितिक परिवेशमा समेत मननयोग्य छ’, सोनलले भने– ‘नेपालको राजनितिमा समेत असत्यको ढाल ओढेका पात्रमाथी जित हासिल गरेर देश, मधेशका जनताको विकाशका लागी सबै मिलेर अगाडी बढ्नु आवश्यक छ ।’
उनले आगामी स्थानिय निर्वाचनमा लोसपाले मधेश प्रदेशको हरेक पालिका र वडामा सम्भव भए गठबन्धन नभए एक्लै लडेर जित हासिल गर्ने बताए ।
उनले आगामी निर्वाचनकालागी होली पर्वपछी विषेश योजना बनाएर पार्टीले प्रचार–प्रसार तथा घरदैलो अभियान थाल्ने जानकारी समेत दिए ।
लोसपा फेटा गाउँपालिका अध्यक्ष लोहा यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, लोसपा केन्द्रिय सदस्य संजय पाण्डेय, नेताहरु सिताराम साह, मदन साह लगायतक सहभागि रहको युवानेता रमेश सरार्फले जनाएका छन् ।