भाईचारा र सदभावको प्रतिविम्वको रुपमा रहेको होली पर्वको रौनक तराई–मधेशका जिल्लाहरुमा देखिन थालिएको छ ।
रंगहरुको पर्वको रुपमा समेत मनाईने होलीको तयारी एकसाता अगाडी देखिनै शुरु भएको छ ।
नेपालका पहाडी जिल्लाहरुमा चैत्र ३ गते होली पर्व मानाईने भएतापनी तराई–मधेशका जिल्लामा भने फागुन ४ गते होली पर्व मनाईने छ । नेपालमा खासगरी मधेश प्रदेशको जिल्लाहरुमा होलीको उत्साह अत्यन्तै बढी हुने गरेको छ ।
यसवर्ष होली पश्चात बैशाखमा हुने स्थानिय निकायको निर्वाचन हुने भएपछी राजनितिक दलका नेताहरु थप उत्साहका साँथ होली मनाउनुका साँथै आफ्ना राजनितिक कृयालापहरुलाई समेत बढावा दिएका छन् ।
नेताहरुले कार्यकर्ता तथा सर्वसाधारणहरुसंग शुभकामना साटासाट गर्न होली मिलन समारोह जस्ता कार्यक्रमहरु आयोजना गर्दै पर्व मनाईरहेका छन् ।
हिजो मात्रै लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरीमा आयोजित होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन भने लोसपाकै मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल बाराको फेटा गाउँपालिकामा आयोजित होली मिलन समारोहमा सहभागी भएका छन् ।
जसपा नेता तथा विरगञ्जबाट सांसद प्रदिप यादवले समेत यसपाली खुलेर होली पर्व मनाईरहेका छन् ।
सांसद यादवले आज विरगञ्जमा त्यहाँका व्यापारी तथा राजनितिकर्मीहरुले आयोजना गरेको कार्यक्राममा सहभागी भएका छन् । उनलाई होलीको कार्यक्रममा सहभागी हुन भ्याईनभ्याई भएको छ ।
मधेशमा होली पर्व अतिनै उत्साहका साँथ मनाईने चलन पुरानै रहेको छ । होलीको दिन परम्परागत पकवान (पुवा) देखी शुरु हुने पर्व विभिन्न प्रकारका मासु, मिठाई लगायतको खानपिनका सांथ शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
भोली बेलुका सुर्यास्त भएपछी होलिका (समथ) दहन गर्दै होली पर्वको औपचारीक शुरुवात हुनेछ ।