लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले होली पर्व आपसी सदभावको प्रतिविम्ब भएको बताएका छन् ।
लोसपा परवानीपुर गाउँपालिकाको आज (बुधवार) बाराको परवानीपुरमा आयोजना गरेको होली मिलन समारोहलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका सोनलले होली पर्वमा भाईचारा कायम राख्न आग्रह समेत गरेका छन् ।
नेता सोनलले भने ‘जसरी अन्यायको प्रारुपको रुपमा रहेको होलिका (समथ) जलाएर हर्सोल्लासको आगमनमा होली पर्व मनाईन्छ, त्यसैगरी समाजको विकृतीलाई समाप्त पार्न हामीले हातेमालो गर्नु आवश्यक छ ।’
उनले हिन्दु धर्मवालम्बीहरुको महान पर्व होलीलाई सभ्य र सुरक्षित बनाउन आग्रह सकेत गरे ।
लोसपा परवानीपुर गाउँपालिका अध्यक्ष जगत महतोको अध्यक्षतामा आयोजित समारोहमा संघिय सांसद एकबाल मिया, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायाण साह, उपाअध्यक्ष सबित्री देवी पटेल, नेताहरु सन्जु साह, मिश्री मण्डल, अनिल राम, गम्भीरा पटेल, राजदेव पटेल, सिकेन्द्र साह, महेन्द्र यादव, ध्रुप महतो लगायतका सहभागी रहेका थिए ।