उच्च रक्तचापको समस्या पछिल्लो समय निकै बढिरहेको पाइन्छ । उच्च रक्तचापका कारण मुटुमा गहिरो असर पर्ने र हृदयघातको खतरा समेत रहेको चिकित्सकहरू बताउँछन् ।
यस्तै मधुमेह र मृगौलासम्बन्धी समस्या पनि उच्च रक्तचापका कारण आउन सक्छ ।त्यसकारण समयमै उच्च रक्तचापको समस्यालाई नियन्त्रण गर्नेतर्फ ध्यान दिनु जरुरी हुन्छ ।
नियमित रुपमा केही फलफूलहरूको सेवनले पनि उच्च रक्तचापलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
१. नरिवल पानी
नरिवल पानीको सेवनले बिराामीहरूलाई संक्रमणको खतरा कम हुन्छ । यस्तै उच्च रक्तचापको समस्या हुनेहरूका लागि पनि यो अत्यन्तै लाभदायक हुन्छ । नरिवल पानीमा पोटाशियमको मात्रा धेरै हुन्छ । जसले शरिरमा सोडियमको असर कम गर्न मद्दत मिल्छ ।
२. चुकन्दरको जूस
चुकन्दरमा भिटामिन, क्याल्शियम, आइरन, एन्टी अक्सीडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टी भाइरल गुण हुन्छ । यसको सेवनले शरीरको प्रतिरोधक क्षमता समेत बढ्न जान्छ ।
यस्तै उच्च रक्तचाप नियन्त्रणदेखि शरीरमा रगतको मात्रा बढाउने र तौल कम गर्न पनि चुकन्दरको जूसको सेवन गर्नु लाभदायक हुन्छ ।
३. अनारको जूस
अनारमा भिटामिन, आइरन, फोलेट, एन्टी अक्सीडेन्ट, एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसको जूस सेवन गरेमा इम्यून सिस्टम मजबूत हुनुका साथै बिरामीहरूलाई रोगसँग लड्ने शक्ति मिल्छ ।
४. गोलभेडाको जूस
गोलभेडामा भिटामिन, क्याल्सियम, आइरन, एन्टी अक्सीडेन्ट, एन्टी ब्याक्टेरियल गुण हुन्छ । यसलाई काच्चै खाने वा बिहान १ गिलास जूस पिउने हो भने उच्च रक्तचाप नियन्त्रणमा धेरै सहयोग गर्छ ।