हिन्दुहरुको रङ्गको चाड फागु (होली) पर्व राजधानीलगायत पहाडी जिल्लामा उल्लासय ढंगले बिहानैदेखि मनाइँदैछ ।
यस दिनमा बसन्तपुर दरबार क्षेत्रमा चिररोथारोहण भएपछि यस पर्वको शुरुवात हुन्छ । यस दिन यस क्षेत्रमा विदेशी पर्यटकहरुले पनि विभिन्न रङ्गहरुका साथ यस पर्व मनाएका छन् ।
एक आपसका मुखमा रङ्गहरुका दलेर होली पर्व मनाइने गरिन्छ । होली पर्वमा रङ्गसहित पानी भरेको लोला हान्ने र पानी छ्याप्ने पनि गरिन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ ।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ ।