युक्रेनमा जारी लडाइँ अन्त्य गराउने उद्देश्यका साथ रुसले अघि सारेका मागहरू टर्कीले सार्वजनिक गरेको छ ।
बिहीवार एउटा टेलिफोन वार्ताका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना टर्किश समकक्षी रेजेप तय्यीप एर्दोआनलाई शान्ति सम्झौताका निम्ति रुसका ठोस मागहरू बताएका हुन् ।
युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठनको सदस्यता लिन नहुने रुसी माग रहेको छ ।
त्यसैगरी युक्रेनले पूर्वी भूभागहरू छोड्नुपर्ने तथा सन् २०१४ मा मस्कोले आफूमा गाभेको क्राइमियालाई युक्रेनले रुसकै हिस्साको रूपमा मान्यता दिनुपर्ने माग पनि पुटिनले अघि सारेका छन् ।