निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।
उमेदवारको विरोधमा वैशाख १३ गत उजुरी दिन सकिनेछ । त्यस्तै, बैशाख १५ गते उमेदवारको नामावली प्रकाशन गर्ने, १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।
बैशाख १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।
आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।
