नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्तालाई विभिन्न अवसरमा प्रदान गर्दै आएको अस्थायी अफरलाई चाँडै नै स्थायी बनाउने जनाएको छ ।
यसो गर्दा डेटामा १५ देखि २० प्रतिशत मूल्य कम हुने टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । टेलिकमले तयार पारेका प्याकेज नलिई मेन ब्यालेन्सबाट इन्टरनेट चलाउँदा हाल प्रतिएमबीपीएस १ रुपैयाँ शुल्क काटिन्छ । तर, प्याकेज लिएमा स्किमअनुसार प्रतिएमबी ४/५ पैसामै इन्टरनेट चलाउन सकिने पहाडीले बताइन् ।
उनका अनुसार नेपाल टेलिकमको वायरलेस ब्रोडब्यान्ड सेवाको शुल्क महँगो छैन । तर, फिक्स्ड ब्रोडब्यान्ड भने अन्य टेलिकमको भन्दा महँगो भएको उनको भनाइ छ ।