संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर देश समावेशी हुन नसक्ने बताएका छन् ।
आज शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीचमा एकता ल्याउने बताएका हुन् ।
लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे ।पत्रकार गिरीश गिरीले लेखेको जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को आज एक कार्यक्रमका बीच ललितपुरमा लोकार्पण भएको हो । यो पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो ।