गायक प्रकाश सपुतको नयाँ गीत 'पिर' एक हप्तामै करोड क्लबमा प्रवेश गरेको छ ।माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीत छोटो समयमै करोड क्लबमा प्रवेश गरेको हो ।
सर्वत्र चर्चामा रहेको गीतले एक सातामै एक करोडले हेरेका छन्। यसमा प्रयोग गरिएको केही दृश्यलाई माओवादीलगायतले आपत्ती जनाए पनि गीतको चर्चा घटेको छैन।
उसो त गीत रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको थियो । माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतलाई लिएर माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका थिए ।
त्यसपछि गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा ९माओवादी केन्द्र० का नेता(कार्यकर्ताले आपत्ति जनाएपछि स्पष्टीकरण दिएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार लामो स्टाटस लेख्दै सपुतले आफ्नो गीतको भिडिओका दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेको भए आत्मआलोचना गर्ने बताएका थिए।
विवादसँगै प्रकाशको उक्त गीतले नयाँ सफलता पनि हात पारेको हो। फागुन २७ गतेको राति सार्वजनिक गरिएको गीतको भ्युज यो समाचार तयार पार्दासम्म १ करोड १३ हजार नाघिसकेको छ।