भारतमा गत २४ घण्टामा १ हजार ४८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार त्यहाँ २ हजार ७५ जनामा कोरोना पुष्टि भएको थियो ।
संक्रमण दर घटे पनि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने बढेको छ । शुक्रबार ६९ संक्रमितको मृत्यु हुँदा पछिल्लो २४ घण्टामा त्यहाँ १२९ जनाले ज्यान गुमाएका छन् ।
योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख १६ हजार ५१० पुगेको छ । भारतमा हाल २९ हजार सक्रिय संक्रमित छन् ।