स्थानिय निकायको निर्वाचन नजिकिंदै जाँदा पार्टी त्याग र प्रवेशको लहर ह्वात्तै बढेको छ ।
मधेश प्रदेशको एक मात्र महानगरपालिकाको.रुपमा रहेको पर्सा जिल्लाको विरगञ्ज महानगरपालिकामा राजनितिक खिचातानी झन बढी देखिन्छ ।
विरगञ्जको राजनितिमा महत्वपुर्ण दख्खल राख्ने नेताहरुको अहिले एक पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको हो ।
यसैबिच केहिदिन अघी नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेको लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता राजेशमान सिंह लगातको टिम जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने पक्कापक्की भएको छ ।
जसपाका सांसद प्रदिप यादवको निरन्तर संवाद र छलफलपछी सिंह र उनको टिम जसपामा प्रवेश गर्ने पक्का भएको हो ।
विरगञ्जमा मधेश आन्दोलनका मुख्य कमाण्डरको रुपमा चिनिने सिंह र सांसद यादवविचको तालमेलले विरगञ्जको राजनितिमा पुनः एक पटक भुईचालो आउने खेखिन्छ ।
दुई साताअघी मात्रै राजेशमान सिंह लगातको टिम काठमाडौंमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट गरेपछी त्यहाँको राजनितिमा ठुलो उथल–पुथल हुने संकेत देखिएको थियो ।
ओलीसंग सिंह लगायतको नेताहरुको तस्विर सार्वजनीक भएपछी उनिहरु एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो ।
सिंह समुहका नेताहरुले समेत चैत्र महिनाको पहिलो साता ओलीको उपस्थितिमा विरगञ्जमै वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी टिका लगाई ‘लास सलाम’ को नारा अंगाल्ने तयारी गरेका थिए ।
तर एक साता पहिला अचानक ओली विरगञ्ज आएर जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका विरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएका थिए ।
आगामी स्थानिय निकायको निर्वाचनमा एमाले प्रवेश गरेर विरगञ्जको मेयर पदमा लड्ने योजना बनाएका सिंहलाई ओलीको उक्त कदमले झट्का लाग्यो, सरावगीलाई मेयरमा उठाउने भित्री सहमती गरेर पार्टी प्रवेश गराईएपछी सिंहले आफ्नो रणनिती परिवर्तन गर्ने निर्णय गरे, र अन्त्यमा जसपामा प्रवेश गर्ने तयारी गरे ।
होली पर्व पुर्व नेता सिंह र विरगञ्जका जसपा सांसद प्रदिप यादवबिच पटक–पटकको संवाद पछी उनी सोमवार विरगञ्जमा वृहत वार्टी प्रवेश कार्यक्रमको आयोजना गरी जसमा प्रवेश गर्ने कार्यक्रम तय भएको हो ।
जसपा विरगञ्ज महानगर कमिटिका अध्यक्ष ईश्वरचन्द्र यादवका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको विशेष उपस्थितिमा नेता सिंहको टिम जसपामा प्रवेश गर्नेछन् ।
विरगञ्जको टाउनहलमा आयोजना गरिने कार्यक्रममा सिंहसंगै, प्रेमबाबु पटेल, मुकेश द्विवेदी तथा केही वडाका निर्वाचित वडाध्यक्ष लगायत हजारौंले पार्टी प्रवेश गर्ने नगर अध्यक्ष यादवले जनाए ।