लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम आज (मंगलवार) देखी जनकपुरमा शुरु भएको छ ।
आगामी स्थानिय निकाय निर्वाचनमा केन्द्रित रहेर पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।
लोसपा धनुषा जिल्ला अध्यक्ष तथा मधेश प्रदेशसभामा लोसपाका प्रमुख सचेतक परमेश्वर साहका अनुसार स्थानिय निर्वाचन पार्टीको विधान, लगायतको विषयमा प्रशिक्षण केन्द्रित रहेको छ ।
प्रशिक्षको एजेण्डामा मधेश, थरुहट तथा सिमान्तकृत समुदाय अवस्था, लोकतान्त्रीक समाजवाद र लोसपाको कार्यदिशा समेत रहेको साहले जनाएका छन् ।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरत्तसिंह भण्डारी, अनिल झा लगातकाले लोसपाको आगामी कार्यदिशाबारे कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा र महोत्तरीका एक सय जना अगुवा नेता कार्यकर्ताहरु संलग्न रहेको प्रशिक्षमा, शरत्तसिंह भण्डारी, सवेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, जय निशान्त आदीले पार्टीको आगामी रणनिति तथा स्थानिय निकाय निर्वाचनमा सहभागिताको बारेमा प्रशिक्षण दिने छन् ।
लोसपाले मधेश प्रदशेको सर्लाही, रौटहट, बारा र पर्सा जिल्लामा चैत्र १० गते अर्को प्रशिक्षण कार्यक्रम गर्ने जनाईएको छ ।