दुई समुदायविचको धार्मिक हिंशामा परेर मृत्यु भएका बाराका एक परिवारलाई गृह मन्त्रालयले राहत प्रदान गरेको छ ।
गत कात्तिक २४ गते छठ पर्वको दिन बेलुका कोशी पुजा गर्ने क्रममा गाउँकै मुश्लिम समुदायका केही उच्छरिंखल तत्वको आक्रमणमा परी मृत्यु भएका बाराको कलैया उपमहानगरपालिका वडा नं. १९ पचायनपुरका राधेश्याम पटेलका परिवारलाई मन्त्रालयले राहत उपलब्ध गराएको हो ।
पुजाको विषयमा दुई समुहविच भएको झडपमा परी घाईते भएको पटेको करिब १ महिनापछी मृत्यु भएको थियो ।
घटनापछी मृतक पटेलका आफन्त र स्थानिय राजनितिज्ञ तथा हिंदुवादी संगठनहरुले आन्दोलन तथा दवाव सृजना गरेपछी पिडित र जिल्ला प्रशासन कार्यालयबिच मृतकका परिवारलाई क्षतिपुर्ती प्रदान गर्ने तथा आरोपितहरुलाई कारवाही गर्ने सहमती भएको थियो ।
सहमती अनुसार आज (मंगलवार) जिल्ला प्रशासन कार्यालय कलैयामा आयोजित एक कार्यक्रमकाविच प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले मृतकका बुवा राजकुमार राउतलाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
जिल्लाका स्थानिय जनप्रतिनिधी तथा स्थानिवासीको उपस्थितिमा प्रजिअ कट्वालले चेक हस्तान्तरण गर्दै घटनामा संलग्न ८ जनामाथी ज्यानमार्ने उधोगको मुद्दा दर्ता भईसकेको र हालसम्म एक जना पक्राउ परेको जानकारी गराएका छन् ।
उनले फरार रहेका बाँकी आरोपीहरुलाई सिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता समेत जनाएका छन् । कट्वालले मृतक परिवारका एक सदस्यलाई रोजगारको व्यवस्था समेत गर्ने जनाएका छन् ।