गैरआवासीय नेपाली संघ (एनआरएनए)को विधान संशोधन गरेर आलोपालोमा अध्यक्ष बनाउने सहमतिपछि लामो समयदेखिको विवाद टुंगिएको छ ।
अध्यक्षका प्रत्याशी कुल आचार्य, बद्री केसी र रविना थापाबीच आलोपालो अध्यक्ष हुने सहमति जुटेसँगै सबै विवाद टुंगिएको नेतृत्वका प्रत्याशीहरूले गरेको संयुक्त पत्रकार सम्मेलनमा जनाइएको छ ।
बालुवाटारस्थित एनआरएनए कार्यालयमा मंगलबार आयोजित सम्मेलनमा उम्मेदवारहरूले आफूहरूबीच कुनै विवाद नरहेको प्रस्ट्याए । सम्मेलनमा अध्यक्ष कुमार पन्त, अध्यक्षका प्रत्याशीहरू आचार्य, केसी र थापालगायतको उपस्थिति थियो ।
नेतृत्वमा आलोपालो गर्न विधान संशोधनको आवश्यकता भएको संघका अध्यक्ष कुमार पन्तले बताए । एनआरएनएले १० औं विश्व सम्मेलन गत अक्टोबरमै गर्ने तयारी गरेको अध्यक्ष पन्तले बताए । एकबद्ध गैरआवासीय नेपालीको शक्तिले मात्र नेपालको आर्थिक समृद्धिमा सघाउने उनको दाबी छ ।
महाधिवेशन मिति मार्च २४ र २५ ९ चैत १० र ११० लाई तोकिसकिएको र सबै एक भएर अघि बढ्ने अध्यक्ष पन्तले बताए । धेरै प्रतिनिधि काठमाडौं आइसकेका छन् । बाँकी प्रतिनिधिले अनलाइनबाट सहभागिता जनाउने उनको भनाइ छ । अदालतमा विचाराधीन सबै मुद्दा फिर्ता गरिने अध्यक्ष पन्तले जानकारी दिए ।