लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने कुरा हल्ला मात्र रहेको बताएका छन ।
लोसपाको प्रदेश स्तरिय प्रशिक्षणकालागी जनकपुर पुगेका महतोले सरकारमा सामेल हुनेबारे पार्टीभित्र छलफल समेत नभएकोले यसबारे पार्टीमा कुनै निर्णय भईनसकेको बताएका छन् ।
उनले सरकारमा सहभागी हुनु भन्दा पहिले लोसपाले उठाएका मागहरुको सम्बोधन हुनुपर्ने बताएका छन् ।
‘नागरिकता समस्या समाधान देखि लिएर झुठा मुद्दा फिर्ता, संविधान संसोधन लगायतका हाम्रा मागहरु कायमै छन्’ महतोले भने– ‘हाम्रो माग सम्वोधन नगरेसम्म सरकारमा सहभागी हुने कुनै औचित्य नै छन् ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई सरकारमा सहभागी हुन आग्रह गरेपनी मुद्दाहरुको विषयमा मौन रहेकोले मुद्दाको संबोधनबिना सरकारमा जाने आधार नभएको महतोले बताएका छन् ।
स्थानिय तहको निर्वाचनमा लोसपाले आवश्यक परेको खण्डमा गठबन्धन गरेर जानसक्ने समेत महतोले बताएका छन् । तर कुन दलसंग गठबन्धन गर्ने भन्ने बारे अहिलेनै भन्सकनिे अवस्था नरहेको महतोले बताएका छन् ।