लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आज (बिहिवार) देखि विरगन्जमा सुरू भएको छ ।
आगामी स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सुरू भएको हो ।
लोसपा पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झाका अनुसार स्थानीय निर्वाचन पार्टीको विधान लगायतको विषयमा प्रशिक्षण केन्द्रित रहेको छ ।
प्रशिक्षको एजेण्डामा मधेश, थरुहट तथा सिमान्तकृत समुदाय अवस्था, लोकतान्त्रिक समाजवाद र लोसपाको कार्यदिशा समेत रहेको झाले जानकारी दिए ।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झालगातकाले लोसपाको आगामी कार्यदिशाबारे कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
मधेश प्रदेशको सर्लाही, रौटहट, बारा र पर्साका एक सय जना अगुवा नेता कार्यकर्ताहरु संलग्न रहेको प्रशिक्षमा शरदसिंह भण्डारी, सवेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, जय निशान्त आदीले पार्टीको आगामी रणनीति तथा स्थानीय तह निर्वाचनमा सहभागिताको बारेमा प्रशिक्षण दिनेछन् ।