नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ।
बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो।
पलका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए ।
कृष्ण जोशीले मतियारको भूमिका खेलेको आरोपमा उनलाई पनि मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको थियो। जोशीले लामो समयदेखि पलको म्यानेजरका रुपमा काम गरिरहेका थिए।