बैशाख ३० गते हुने स्थानिय निकाय निर्वाचनमा जनमत पार्टीले तराई–मधेशका २० जिल्ला सहित देशका ३२ जिल्लामा आफ्नो उम्मेदवार खडा गर्ने भएको छ ।
पहिलोपटक चुनावमा भाग लिन लागेको डा.सीके राउत नेतृत्वको जनमत पार्टीले त्यसका लागी चुनाव केन्द्रित गतिविधि महिनौ अगाडी देखी शुरु गरिसकेको छ ।
केही महिनादेखी किशान आन्दोलन गरिरहेको जनमत पार्टीका अध्यक्ष डा.राउत अहिले ‘जनमत माटो संलनको अभियान’मा व्यस्त छन् । पश्चििमको लुम्बिनीबाट यात्रा शुरु गरेका डा.राउत अहिले कोर मधेशको गाउँगाउँमा जनता तथा कार्यकर्ता भेटिरहेका छन् ।
माटो यात्रा स्वाभिमानको यात्रा भनिएपनी त्यो विशुद्ध रुपमा राजनितिक जग खडा गर्ने अभियान रहेको जनमतका नेताहरुले बताएका छन् ।
१० लाख युवाहरुलाई रोजगारी दिने, जनताको स्वराज स्थापना गर्ने तथा महंगी, भ्रष्टाचार समाप्त गर्ने मुद्दाका साँथ अगाडी बढेका राउतले मधेसवादी दलहरुलाई मुख्य टार्गेट बनाएका छन् ।
पुर्वदेखी पश्चिमसम्मको हरेक जिल्लाका हरेक पालिकामा पुगेर माटो संकलन गर्ने अभियानमा रहेका डा.राउत र उनका नेता कार्यकर्ता अन्य दलहरुभन्दा आक्रामक रुपमा चुनावी सभा तथा बैठक गरिरहेका छन् ।
जिल्ला, नगर, गाउँ तथा वडाहरुबाट उम्मेदवार खोज्नेदेखी, पर्टी प्रवेश तथा जितने आधार खडा गर्न जनमतले बुथ–कुथ मजबुत अभियान समेत चलाएको पार्टी महासचिव चन्दन सिंहले जनाए ।
संगठनलाई मजबुत बनाउन जनमत पार्टीले ६ लाख सदस्य वितरण गर्ने टार्गै राखेको समेत महासचिव सिंहले जनाएका छन् । टार्गेट अनुसार सदस्यता वितरण जारी रहेको उनले जनाएका छन् ।
मधेस केन्द्रित दलहरुको १५ वर्षे साशनमा जनताले अभाव, भ्रष्टाचार, बेरोजगारी मात्रै पाएको भन्दै नयाँ जोश र जाँगरका सांथ आफुहरु चुनावी अभियानमा लागेको सिंहले बताए । उनले पार्टीप्रती युवा, महिलादेखी हरेक वर्गको समर्थन प्राप्त भईरहेको बताएका छन् ।
सिंहले मधेश प्रदेशको ८ जिल्ला सहित पुर्वको झापादेखी पश्चिमको कञ्चनपुरसम्म आफुहरुको संगठनले पकड् जमाएको दावी गरेका छन् । उनले तराई–मधेश मात्रै नभई पहाडका जिल्लाहरुमा समेत संगठन बनिसकेको र स्थानिय निकाय निर्वाचनमा देशको ३२ वटा जिल्लामा प्रतिस्पर्धा गर्ने जनाएका छन् ।