एकमहिना भन्दा लामो युद्धलाई अन्त्यको प्रयास स्वरुप मंगलबार टर्कीको राजधानी इस्तानबुलमा त्रिपक्षीय वार्ता हुने भएको छ ।
स्थानीय समयअनुसार साढे १० बजे राजधानीको डोल्माबाह्से प्यालेसमा शान्तिवार्ता हुने युक्रेनको युक्रेनफम समाचार एजेन्सीले बताएको हो । शान्तिवार्ता गर्न रुस र युक्रेनका वार्ताकारहरु टर्कीमा पुगिसकेका छन् ।
एजेन्सीका अनुसार शान्तिवार्तामा बस्नुअघि वार्ताकारहरुले टर्कीका राष्ट्रपति रिसेप तयेप इर्डाेगानसँग छलफल गर्नेछ । शान्तिवार्तामा युक्रेनले प्रमुख मुद्दाको रुपमा युद्धविरामलाई महत्वको साथ उठाउने भएको छ ।
युक्रेनी विदेशमन्त्री डिमेत्रो कुलेबाले किभको प्रमुख लक्ष्यको रुपमा युद्धविरामका सम्झौतालाई लिएको बताएको अलजजिराले उल्लेख गरेको छ ।