उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
लघुवित्तले प्रतिसेयर १०० अंकितमूल्यका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
निष्कासन गरिने कुल सेयरमध्ये ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।
सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।
निष्कासन बन्द छिटोमा चैत २९ गते हुनेछ भने ढिलोमा २०७९ वैशाख ९ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै मेरो सेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।