मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले बताए ।
अबदेखि प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक पाँच हजार पाउनेछन् ।
मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउन लागि पत्राचार गरेको छ ।