नेपालमा पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राका अनुसार बुधबार २६ जनामा संक्रमण पुष्टि भएको हो।
मिश्राका अनुसार ५ हजार १९२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। अहिले देशभर १ हजार १४६ जना सक्रिय संक्रमित छन्।७७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।