सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे १० बजे बस्ने बैठकमा स्थानीय तहको चुनावका विषयमा छलफल हुनेछ ।
यसअघि, मंगलबार बसेको नेपाली काँग्रेसको बैठकले आवश्यकताका आधारमा गठबन्धनका दलहरूबीच तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।
काँग्रेसले तालमेल गर्ने औपचारिक निर्णय गरिसकेपछि गठबन्धनको बैठक बस्न लागेको हो ।