घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ । मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।